NepalShia.com

A site for the benefit of Community of Shias living in Nepal   |  Contact by email NepaliShia@gmail.com


संक्षिप्त, उपयोगी र वैज्ञानिक लेख  Pdf

 

विषय सूची

 

१. बिन्दुको बिना उपदेश (ख़ुतबा)

 

२. के शियाहरूले विभिन्न क़ुरान माथि विश्वास राख्छन्?

 

३. शियाहरू जमाअतसंग तरावीह किन पढ्दैनन्?

 

४. रसुल सल्लल्लाहु अलैहि वअलेहि वसल्लम को उत्तरअधिकारी को हुन्?

 

५. अले रसुलको अदेशको किन पालना गरँ?

 

६. के सबै सहाबाहरू निष्पक्ष र साचो थिए?

 

७. के रसुल सल्लल्लाहु अलैहि वअलेहि वसल्लमले अफ्नो उत्तरअधिकारी निर्धारित गरेका थिए?

 

८. किन शियाहरू?

 

 

रसुले अकरम (स.अ) ले भन्नुभयो- म बुद्धि र ज्ञानको घर हुँ र अली त्यसको ढोका।

(सहीह तीरमिज़ी, मिस्र एडीशन, किताब अल-मनाक़िब, पृष्ठ ५, पेज ६३७, हदीस ३७२३)  

1 बिन्दुको बिना उपदेश (ख़ुतबा)

हज़रत अली इब्ने अबी तालिब अलैहिस्सलाम को व्रयापक ज्ञान, बुद्धि, साहत र बलात मुस्लिमहरूको सबै समूहमा प्रसिद्ध छ, विभिन्न ज्ञानहरू काथि तपाइको संकल्प रहनु र परमेश्वर प्रति तपाइको डर देखाउछ र यसको एक उदाहरण बिन्दु को प्रयोग नगरि लेखिएको यो खुतबा छ। (अरबी अक्षरमा लेखिएको)

الخطبه العاریه عن النقطه لامام علی علیه الاسلام

الحمد لله الملک المحمود والمالک الودود مصور کل مولود مال کل مطر و ساطح المهاد و موطه الاوطاد و مرسل الامطار و مسهل الاوطار عالم الاسرار و مدد رکها و مدمر الاملاک و مهلکها و مکور الدهور و مکررها و موره الامور و مصدرهاعم سماحه و کمل رکامه وهمل وطاوع السوال والامل اوسع الرمل وارمل احمده حمدا محمودا واو حده کما وحد الاواه و هو الله لا اله لامم سواه ولاصادع لما عدله و سواه ارسل محمدا علما للاسلام و اماما للحکام و مسددا للرعاء و معطل احکام و دوسواع اعلم و علم و حکم و احکام و اصل الاصول و مهد واکد الموعود واوعد اوصل الله لا له الا کرام واودع روحه الاسلام و رحم آله و اهله الکرام مالع رایل و ملع دال و طلع هلال و سمع اهلال.

  اعلموا رعاکم الله اصلح الله الاعمال و اسلکوا مسالک الحلال واطرحوا الحرح م ودعوه واسمعو امر الله وعوه وصلوا الارحام وراعوها وعاصوا الهواء واردعوها وصاهروا اهل الصلاح والورع وصارموا رهط اللهو والطمع و مصاهر کم اطهر الا هرار مولدا واسر اهم سوددا واحلاهم موردا و هاهوامکم وحل حرمکم ملکا عروسکم المکرمه و ماهرلها کما مهر رسول الله ام سلمه وهوا کرم صهر اودع الاولاد وملک مااراد و ما سها مملکه و لا و هم ولا و کس ملاحمه و لا وصم اسال الله لکم احمادو صاله ودوام اسعاده والهم کلا اصلاح حاله والاعداد لما له و معاده و له الحمد السر مدواالمدح لرسوله احمد(ص)

सबै प्रशंसा परमेश्वरको लागि, जुन महमुदको मालिक, सबै प्राणीको सिर्जनाकर्ता, सबै बिचाराहरूको अश्रय, अकाश र धर्तीलाइ अछ्याउने, पहाझलाइ जमीन माथि उभियाउने, वर्षा ल्याउने, सबै प्रार्थनालाइ पूरा गर्ने, सबै रहस्याको बारेमा ज्ञान राख्ने, राज्यहरूको निर्माता, सम्पत्तिलाइ नष्ठ गर्ने, नयाँ पिडी ल्याउने, समयलाइ बढाउने, सबै चीजको उद्देश्य हो उसको फैज र करम र धेरै दयाले जसले सबै तर्फ वर्षा गर्छ, जसले अशा राख्छन् उसको सुन्छ र सबैलाइ माफ गर्छ, म उसको धेरै प्रशंसा गर्छु। म उसको एकता लाइ स्वीकार्छु जुन सबै एकतालाइ मान्नेहरूले गर्छन्। त्यो اگلन्नेहरूले गर्छन्। त्यो परमेश्जुन मनुष्यहरूको मात्र परमेश्वर हो। त्यो जसले मुहम्मद (स.अ) लाइ यसलामको विद्वान, हाकीमहरूको इमाम र अत्याचारलाइ रोक्ने, र सबै माथि प्रभुत्व दिएर पठाएको छ। तपाइले ज्ञान र प्रशिक्षण दिएर त्यसलाइ पूरा गर्नुभयो। तपाइले सिद्धान्त र नियमबनाउनु भयो र कयामतको दिनको बारेमा बताउनुभयो जसको प्रतिज्ञा लिइएको छ।

परमेश्वरले इज्जत दियो र तपाइको अत्मालाइ पनि शान्ति प्रदान गर्यो। परमेश्वरको अशिर्वाद तपाइ माथि रहोस् र तपाइको परिवार माथि पनि रहोस्। जब सम्म बाटो देखाउने ताराहरू जगमगाउछन्, र जब सम्म चन्द्रमा टल्किन्छ, जबसम्म ला इलाहा इल्लल्लाह को अवाज बाकी रहन्छ तब सम्म परमेश्वर तपाइलाइ सुरक्षित राखुन। राम्रो काम गर्न कोशीस गर र हलाल कामहरू गर र हराम कामहरू बाट टाढा, परमेश्वरको अदेशको पालना गर, अफ्रनो स्वार्थीय इच्छाहरू बाट दूरी गर। राम्रा र सरलहरू संग सम्बन्ध राख, नाचगान र मनोरञ्जनहरू बाट दूरी गर। तपाइको बूढा अनुकूलनको अनुसार धेरै राम्रो छ।उ तिमी तर्फ बढेर तिम्रो बुबासंग सोधेर तिमीलाइ अफ्नो बूढी बनायो। र मेहर पनि दियो जसरी पैग़म्बरले उम्मह सलमालाइ दिएका थिए। निस्सन्देस तपाइ धेरै राम्रो ज्वाइ थिए। म परमेश्वरलाइ साक्षी राखेर भन्छु उ सधैसुखी रहोस् र उसको लागि जहिले पनि नेअमत नाजील हुन्छ। र प्रार्थना गर्छु कि हामीलाइ राम्रो काम गर्नमा मदद गर। सबै धन्यवाद परमेश्वरको लागि मात्र र उसको रसुललाइ पनि धन्यवादः

यो ख़ुतबा इमाम अली (अ.स) ले कसैको निकाहको समयमा भन्नुभयोर र यस रिवायतलाइ मान्यता राख्ने विद्वानहरूले भने जस्तैः

मोहम्मद रेज़ा अलहकीमी, सुलुफी कब्ल अन तफकदुनी, पृष्ठ२, पेज३-२४६, सैयदुल मुसवी, अलकतरह मीन बेहार मुनाकीब अल नबी वलइतरह, पृष्ठ२, पेज१७९, हसन ज़लफी, फज़ाएल अलिर रसुल, पेज६

यस ख़ुतबाको मुख्य विशेषताहरू के हुन्?

जसले अरबी भाषा अउछ र क़ुरानलाइ पढ्न सक्छ, तिनीहरूले पुष्टि गर्छन् कि अरबी भाषाका शब्दहरू अफ्नो अर्थमा समावेश हुन्छन् र यसता शब्दहरू सधै तकरीरी र तहरीररी भाषामा उपयोग हुन्छन् र तिनीहरू यी हन्-

ش ب ت ن ض ث ق ف غ خ ج ز ظ ذ ی

यी शब्दहरू मध्ये कुनै पनि शब्दहरूको उपयोग नगरि तहरीरी अर्थ बुझ्नु असंभव छ। यसको अधारित इमाम अली (अ.स) ले यी शब्दहरूका यस ख़ुतबामा उपयोग नगरि अश्चर्य चकित गरेका छन्। सूचना-एउटा शब्द  ت अरबी तहरीरको पहिलो युगमा बिन्दु बिना लेखिन्थियो।

के यसता ख़ुतबाहरू अझैपनि छन्?

हज़रत अली अलैहिस्सलामले एकपटक यसतै अलीफ शब्दको बिना उपयोग गरि खुतबा पढेका थिए। अरबी भाषामा यो शब्द अत्यन्तनै प्रयोग गरिन्छ। बिन्दु बिना कुनै शब्दको अर्थ व्याख्या गर्नुनै धेरै कठिन काम हो र यसतोमा एउटा खुतबा भन्नु जो ज्ञानले भरिएको छ र अलीफ शब्दको प्रयोग पनि गरिएको छैन् अत्यन्त अद्भूत काम हो।

मोहम्मद बीन मुस्लिम अश्शाफेइ, केफायतुल तालिब, पेज २४८

इब्ने अबील हदीद मोतजली, शरह नहजुल बलागाह, पृष्ठ १९, पेज १४०

हज़रत अली (अ.स) ले यो कार्य कसरी गर्नुभयो?

हज़रत अली (अ.स) ज्ञान र विज्ञानको व्यापक र बेलागतको प्रभाव राख्ने स्रोत हुन्र र तपाइको रसुल ख़ुदा सँग धेरै गहिरो मित्रता पनि रहेको छ। पैम्बर परमेश्वरको वही र सबै ज्ञान, विज्ञान र बुद्धि का संचालक थिए र हज़रत अली (अ.स) को लागि सबैभन्दा राम्रा शिक्षक थिए। पैम्बर इसलामको ज्ञानता र इमाम अली (अ.स) को स्पष्टीकरणको व्याख्याको उज्यालोमा यसलाम धर्मको बारेमा अझै पनि थाहाँ गर्नुको लागि यसमा हेर्नुहोस्

http://www.al-islam.org/faq

 

 

हामीले क़ुरानलाइ पठाएँ, र पक्कै पनि उसको रक्षा गर्नेछँ।

(क़ुरान,सुरह १५, अयत९)

 

2.के शियाहरू विभिन्न क़ुरान माथि विश्वास राख्छन्?

शियाहरू माथि वितरित भएको क़ुरान माथि विश्वास राख्ने प्राय अरोप लाग्दछ र सोच्छन् कि क़ुरानमा परिवर्तन अएको छ र यो त्यही अयातहरू हुन् जुन पैग़म्बर माथि नाजिल भएको थियो।

यो कतैपनि साँचो कुरा होइन

इसलामको पहिलो युग देखि अहिले सम्म सबै इस्ना अशरी शियाहरूका विद्रवानहरू यसमा विश्वास राख्छन् कि क़ुरान कतैपनि वितरित भएको छैन र पूरा तरिकाले सुरक्षित रहेको छ, र जुन विद्वानहरूले यसतो भनेका छन् उनीहरूको नाम यी हुन्-

शैख़ सुदु (३८१ह.ज) किताब अलएतेक़ादात, पेज ६३, (तेहरान १३७० ह.ज)

शैख़ मुफिद (४१३ह.ज) अवाएल मक़ालात, पेज ६-५५

शरीफ अलमुरतज़ा (४३६ह.ज) बहरूल फवाएद, पेज ६९ (तेहरान १३१४ह.ज)

शैख़ तुसी (४६०ह.ज) तफसीरूत तिब्यान, पृष्ठ १, पेज ३ (नजफ १३७६ह.ज)

शैख़ तबरसी (५४८ह.ज) मजमउल बयान,पृष्ठ १, पेज १ (लुब्नान)

मुहम्मद मोहसीन फैजुल काशानी (१०१९ह.ज) अलवाफी, पृष्ठ १, पेज ४-६७३

अलइसफाफी तफसीरूल क़ुरान, पेज ३४८, बेहारूल अनवार, पृष्ठ ८९, पेज ७५

मुहम्मद बाक़ीर मज्लिसी (११११ह.ज)

यो विश्वास अहिले सम्म छ र अहिलेको युगमा पनि रहेका प्रसिद्ध विद्वानहर यस माथि विश्वास राख्छन् कि क़ुरान वितरित भएको छैन र उनीहरू यी हुन्-

सैयद मोहसिन अलअमीन अल-अमिली (१३७१ हिजरी)

सैयद शरफुद दीन अल-मुसवी (१३७७ हिजरी)

शैख़ मुहम्मद हुसैन काशीफुल गेता (१३७३ हिजरी)

सैयद मोहसीन अलहकीम (१३९० हिजरी)

अल्लामा तबातबाइ (१४०२ हिजरी)

सैयद रूहुल्लाही अलखुमैनी (१४०९ हिजरी)

सैयद अबुल कासीम अल-खुइ (१४१३ हिजरी)

र सैयद मुहम्मद रिज़ा गुलपाएगानी (१४१४ हिजरी)

के यो विद्रवानहरू भन्दा अगाडि रहेका शियाहरूले क़ुरान वितरित भएको कुरामा विश्वास राख्दैनथे?

कतैपनि होइन, एउटा उदाहरण उबैदुल्लाह इब्ने मुसा अलअबसी ( १२०-२१३ हिजरी) को रहेछ, जुन प्रसिद्ध शिया विद्वान थिए र उहाँले इमामहरूबाट धेरै रिवातहरू भनेका छन् जुन अत तहजीब र यस्तेबसार जसता प्सिद्ध शियाहरूको रिवाइ किताबमा वर्णन भएको छ।तपाइको बारेमा धेरै जसता विद्वानहरूले यसो भनेका छन्- उनी धेरै विश्वासी र महत्वपूर्ण शिया विद्वान थिए,यहया इब्ने माएन ले पनि उनलाइ विश्वासनीय व्यक्ति भने र अबु हातिमले पनि उनलाइ यसतै व्यक्ति भने। अहलजीको भने अनुसार, उनी क़ुरानको ज्ञानमा उच्च स्थल राख्थे।

(अज ज़हबी, तज़क्कुरातील हुफ्फाज़, हैदर अबाद १३३३,पृष्ठ १, पेज ३३२)

फी, हदीस र क़ुरानको ज्ञानमा इमाम हुनुहन्थ्यो र उनको खासगरी उनको व्यक्तित्व  धेरै दयालु, विश्वासनीय थियो तर शियाहरूको सरदार थिए।

(इब्नुल एमाद अलहन्बली, शजरातुज ज़हब, मिस्र, पृष्ठ २, पेज २९, १३५० हिजरी)

ध्यान दिने कुरा यो छ कि यदि एहले सुन्नतका विद्वानहरू यसतो सोच राख्थे कि उबैदुल्लाह क़ुरान वितरित भएकोमा विश्वास राख्छ भने उसको क़ुरानको ज्ञान प्रति कहिले पनि प्रशंसा गर्दैनथे।

शिया हुदा पनि उबैदुल्लाहलाइ विश्वासनीय व्यक्ति मानिन्छ कि अल बुख़ारी, मुसलिम र अन्य प्रसिद्ध सुन्नी मुहद्दीसीनहरूले उनको सयँ रिवायतहरूलाइ अफ्नो किताबहरूमा वर्णन गरेका छन्।

(अक़ीदतुल इमाम अलहदीस अलबुख़ारी, सलफ़ि पब्लीकेशन, बीरतानीयाह, १९९७, पेज ८९,-१८७)

तर के शिया मुसहफ़ फ़ातेमा माथि विश्वास राख्दैनन् जुन क़ुरान भन्दा तीन गुना मोटो छ?

क़ुरान मजीद एक मुसह किताब हो तर अवश्यक छैन कि हरेक मुसहफ़ क़ुरान रहोस्। फातमाको क़ुरानको अस्तित्व छ, मुसह फातमा एउटा किताब हो जुन जनाब फ़ातेमाले रसुल ख़ुदा (स.अ) पछि लेखेका थिइन्र या लेखाएकी थिइन्। यो कतैपनि क़ुरानको हिस्सा थिएन र परमेश्वरको एहकाम र शरइ मसाइलमा यसको कुनै पनि प्रभाव छैन।

तर के शियाको हदीसहरूमा यसतो हदीस छैन जसमा अहिलेको क़ुरानमा अतिरिक्त शब्द पाइन्छ भनिएको छ?

धेरै जसो प्रधिकरणमा वर्णन गर्नको लागि अतिरिक्त शब्दको प्रयोग गरिएको छ तर यो क़ुरानको असली पदहरूमा वितरित गरिएको छैन जबकि पदहरूको व्याख्या गर्नको लागि तफ़सीर गरिएको छ र यो शिया सुन्नी दुबैका किताबहरूमा पाइन्छ। उदाहरणको लागि-सुन्नीहरूका प्रसिद्ध क़ुरानको तफ़सीरमा छ कि- अबी इब्ने कअब यसरी पढ्थे र जुन महिलासंग मोता गर्छ एउटा निर्धारीत समयको लागि त्यसको मेहेर जुन तिम्रो माथि वाजीब हुन्छ, त्यसलाइ दिनु पर्दैन।

(क़ुरान, सुरह ४, अयत २४)

र इब्ने अब्बासले पनि यसरीनै पढ्थे-

(फ़ख़रूद दीन अर राज़ी मफाहितुल गैब, तफ़सीर कबीर, बैरूत १९८१, पृष्ठ ९, पेज ५३)

इब्ने कसीर तफ़सीरूल क़ुरानील अज़ीम, बैरूत १९८७, पृष्ठ २, पेज २४४

इब्ने कसीरको तफ़सीरमा भनिएको छ कि क़ुरानमा अतिरिक्त शब्दहरूको प्रयोग माथि भने जस्तै क़ुरानको हिस्रा होइन केवल पैग़म्बरका सहाबाहरूले यसता शब्दहरू व्याख्या र तफ़सीर गर्नको लागि प्रयोग गरेका थिए।

इब्ने मसउदले भन्यो-रसुल ख़ुदाको युगमा हामी यसरी पढ्थे- ए पैग़म्बर, पूरा तरिकाले मानिसहरू कहाँ पुग्याइ देउ कि यो परमेश्वरको तर्फबाट अएको छ कि अली (अ.स) सबै मोमिनिनको लागि मला हो र यदि गरेन भने रिसालतको कामनै पूरा गरेन जस्तै हुन्छ।

(अलक़ुरान, सुराह ५, अयत ६७, जलालुद दीन सुयुटी, दारूल मनसुर, पृष्ठ २, पेज २९८)

यहाँ पनि क़ुरानमा अतिरिक्त शब्दहरूको प्रयोग भएकत्र छैन, र रसूलको सहाबी इब्ने मसउदले अयतको असबाब नुज़ुल भन्नको लागि यसरी पढ्थे।

तर त्यस्ता रिवायतहरूको के गर जसमा यसता अयतहरूको बारेमा उल्लेख गरिएको छ, र क़ुरानमा यसको उत्तर पाइदैन?

शिया कुनै पनि लेखक, मुफस्सीर अथवा रावीहरूलाइ गल्तीहरू भन्दा माथि मान्दैनन् र कुनै पनि हदीसलाइ गलती नभएको र सुरक्षित भएको मान्दैनन् र एक मात्र किताब जसमा कुनै पनि गलती छैन क़ुरान हो। यसता हदीसहरूलाइ धेरै जसो कमजोर मानिन्छ वा यसता हदीसलाइ हदीस कुद्सी मानिन्छ। यहाँ एउटा रोचक बिन्दु यो छ कि, यसता धेरै जसो रिवायतहरू सहीह बुख़ारी र सहीह मुस्लिममा मा उल्लेख गरिएको छ जसमा भने अनुसार धेरै अयातहरू क़ुरानमा उल्लेख गरिएको छैन।

(अल बुख़ारी, अलसहीह, पृष्ठ ८, पेज २०८, मुस्लिम अलसहीह, पृष्ठ ३, पेज १३१७)

यो मात्र होइन धेरै जस्तो एहले सुन्नतको रिवायतहरूमा उल्लेख गरिएको छ कि क़ुरानबाट दुइवटा सुरह गायब गरिएको छजसबाट एउटा सुरह बराअत सुरह ९ जस्तो लामो छ।

(मुस्लिम अलसहीह किताबीज जकुह, पृष्ठ २, पेज ७२६)

कुनै एहलेसुन्नतको रिवायतमा यहासम्म भनिएको छ कि सुरह अहजाब (सुरह ३३) सुरह बकरह (सुरह २) जस्तै लामो छ। सुरह बरह क़ुरानको सबैभन्दा लामो सुरह हो। अल बुख़ारी र अलमुस्लिममा यस अयातको विवरण पनि गरिएको छ जुन क़ुरानमा पाइदैन।

(अल बुख़ारी, अलसहीह, पृष्ठ८, पेज२०८)

यो सबै हुदाहुदै पनि शियाहरूले एहले सुन्नतका भाइहरू माथि अरोप लगाएको छैन कि क़ुरान वितरित भएको माथि विश्वास राख्छन् जब कि हामीले जहिले पनि यो भनेका छ कि यसता रिवायतहरू कमजोर छन् र बनाइएका छन्।

परिणामः

यो हाम्रो विश्वास छ कि जुन क़ुरान परमेश्वरले पैग़म्बर माथि पठाएको थियो यो त्यही क़ुरान हो जुन अज सबै संग छ र निश्चित रूपमा छ। र जसले यसतो भन्छ कि हामीले क़ुरानलाइ त्यस भन्दा धेरै छ माथि विश्वास राख्छो त्यो व्यक्ति झुटो हो।

(अससुदुक, किताबुल एतेकादात, तेहरान, १३७० हिजरी, पेज६३)

(अंग्रेजी तरजुमा  The site creed अकीदतु शिया, तरजुमा ए ए ए फाएजी, कलकत्ता १९४२, पेज८५)

सही धर्मको बारेमा जान्नको लागि हेर्नुहोसः

http://www.al-islam.org/faq

 

परमेश्वरले भन्नुभयोः ए रसुल, विशेष गरि रातीको समयमा नमाज़ तजहहुद पढ्रने गर किनकि कयामतको दिन नजिक छ, परमेश्वरले तिमीलाइ माथिल्लो स्थलमा पुगाउछ। (सुरह ७५, अयत८९)

रसुले ख्दाले (स.अ) भन्नुभयोः जसले पनि रातभरि रमजानको महिनामा उठेर प्रार्थना गर्छ परमेश्वरले उसको सबै पापहरू धुइ दिन्छ। (सहीह बुख़ारी, पुष्ठ३, किताब ३२, नम्बर २२६)

 

3.शियाहरू जमाअत संग तरावीह किन पढ्दैनन्?

एहले सुन्नत सामान्य रूपमा राती पढ्ने तरावीह नमाज़ जमाअत संग रमजानको महिनामा सुन्नत मान्दछन्। शियाहरू पनि नवाफिल पढ्न मान्दछन् तर जमाअत संग पढ्न विश्वास राख्दैनन्। शियाहरूको यो काम रसुल ख़ुदाले भने अनुसार छ।

एहले सुन्नतका भाइहरू रमजानको महीनामा एशाको नमाज़ पछि जमाअत संग तरावीह पढ्छन्। उनीहरू नमाज़मा उभेर क़ुरानको तीलावत सुन्दछन्। परमेश्वरले उनको यसतो राम्रो कामको लागि फल दिनेछ। तर न त क़ुरानमा न रसुल ख़ुदाले (स.अ) ले राती यसतो प्रार्थनालाइ जमाअत संग पढ्नको लागि भनिएको छ। यो मुसलमानहरूले पछि अफै निकालेको हो।

तरावीह शब्द तरवीह शब्दको समूह हो, जसको अर्थ यो हुन्छ कि हरेक चार रकत नमाज़को बीचमा केही समयको लागि अराम गर्नु हो। पछि गएर रमजानमा पढ्ने यस जमाअतलाइ तरावीह भनियो।

जमाअतसंग पढ्ने नमाज़ तरावीह कहाँ देखि सुरू भयो?

वास्तवमा रमजानको रातमा जमाअत संग पढ्ने यो तरावीहको सुरूवात दोस्रो खलीफा हज़रत उमर बीन खत्ताब ले गरेकम थिए। अबु होरैराहले भन्छ कि रसुल ख़ुदाले भन्नुभयोः जसले पनि रमजानको महिनामा शुद्ध हृदय र विश्वास संग परमेश्वरको पूजा गर्यो भने उसको पछिल्लो सबै पापहरूलाइ माफ गर्दिन्छ।इब्ने शहाब (जुन यो हदीसको रावी हुन्) भन्नुहुन्छः जब रसुल ख़ुदाको देहान्त भयो तब सबैजना नफल नमाज़लाइ फुरादा (एक्लै) पढ्थे। जमाअतसंग पढ्दैनथे। र पहिलो खलीफा सम्म यस्तै थियो। यहासम्म कि दोस्रो खलीफा को सुरूवातको युगमा पनि यस्तै थियो। अब्दुर रहमान बीन अब्दुल कारीले भन्यो कि एक रात म मस्जिदमा गए र देखे कि त्याहाँ विभिन्न समूहमा भएर मानिसहरू नमाज़ पढि रहेका थिए। कुनै एक्लै पढ्रदै थिए र कुनै सानो सानो जमाअतमा। हज़रत उमरले भन्नुभयो मेरो विचारमा यी सबै जनालाइ एक ठाँउमा एउटा कारीको पछाडि उभाइदिनुपर्छ। त्यसपछि उहाँले निर्णय लिनुभयो कि सबैलाइ अबी इब्ने कअबको इमामतमा जमाअतसंग उसको पछाडि उभाइदिनुभयो। भोलिपल्ट फेरि राती मस्जिद गए र देखे कि सबै जना एउटा समूह भएर जमाअत संग नमाज़ पढ्दै थिए। यसमा हज़रत उमरले भन्नुभयो कि यो एउटा बीदअत हसनेह हो (धर्ममा रूपान्तरण)। तर जसले पनि यो नमाज़ पढ्दैन र यस यमयमा सुति राख्छन्, यो नमाज़ भन्दा धेरै राम्रो काम गर्छन्र। उनको भन्नुको मतलब यो थियो कि त्यो नमाज़ जुन रातको अन्तमा पढिन्छ। (तजहहुदको नमाज़)

(सहीह बुख़ारी, पृष्ठ ३, किताब ३२, नम्बर २२८)

यसलाइ बीदअत यस कारण भनिएको छ किनभने रसुल ख़ुदा यस्ता नवाफीललाइ जमाअत संग पढ्दैनथे र पहिलो खलीफ अबु बकरको युगमा पनि थिएन र न रातीको पहिलो हिस्सामा यति रकतहरू थियो।

(किसतलानी, इसशाद अलसारी, शरह सहीह अल बुख़ारी, पृष्ठ५, पेज ४)

(अननवी शरह सहीह मुस्लिम, पृष्ठ६, पेज २८८)

हज़रत उमर त्यो पहिलो व्यक्ति हुन् जसले रमजान महिनाको रातमा तरावीह पढ्न सुरू गरे। उनले सबैलाइ जम्मा गरे र तरावीह पढ्न अदेश दिए र यो परम्परा रमजान महिना, १४ हिजरी देखि सुरू भएको थियो। उनले तरावीहमा महिला र पुरूष दुवैको लागि कुर्रा (हाफीज क़ुरान) राखे।

(इब्ने सअद, किताबुल तबकात, पृष्ठ३, पेज २८१), (अस्रसुयुटी, तारीख़ खोलफा, पेज १३७)

(अल्फामे अलएनी, उमदतुल कारी फी शरह अल बुख़ारी, पृष्ठ६, पेज१२५)

नफल नमाजः मस्जिदमा जमाअतसंग कि घरमा फुरादा (एक्लै)?

रसुले ख़ुदा (स.अ) ले भन्नुभएको थियो कि नफल नमाज़ अ-अफ्नो घरमा पढ्न उचित छ र यस बाट यो स्पष्ठ हुन्छ कि यो काम मस्जिदमा गर्नु भन्दा राम्रो छ। यो घरमा अशिष्को कारण बन्छ र यो बच्चाहरूको तरबीयतको लागि पनि राम्रो हुन्छ।

रसुले ख़ुदाले (स.अ) भन्नुभयोः ए मानिसहरू, अ-अफ्नो पूजा र प्रार्थनाहरू अफ्नो घरमा गर किनकि यो सबैभन्दा राम्रो काम हो जुन घरमा गरिन्छ तर फरज़ नमाज़ जमाअत बाहेक।

(सहीह बुख़ारी, पृष्ठ९, किताब ९६, नम्बर ३९३, नीसाइ, सुनन, पृष्ठ३, पेज१६२, पेज१९८)      

एक पटक अब्दुल्लाह इब्ने मसउद ले रसुले ख़ुदासंग सोध्नु भयो कुन पूजा धेरै राम्रो मानिन्छ घरको या मस्जिदको? उहाँले भन्नुभयोः के तिमीले हेर्दैन कि मेरो घर मस्जिदबाट कति नजिक छ? त्यही पनि मलाइ अफ्नो घरमा पूजा गर्न धेरै राम्रो लाग्रछ बाहेक फरज़ नमाज़हरू।

(सुनन इब्ने माजाह, पृष्ठ १, पेज ३९, नम्बर १३८८)

जैद इब्ने साबीत रावी हुन् कि रसुल ख़ुदाले खजुरको पातबाट एउटा सानो कोठा बनाएका थिए। एक रात तपाइ त्यस कोठामा गएर नमाज़ पढ्न थाले र केहि मानिसहरू पनि अए र तपाइको पछाडि नमाज़ पढ्न थाले। दोस्रो राती पनि अए र तपाइको पछाडि नमाज़ पढ्नको लागि भेला भए तर तपाइ अउनु भएन। त्यसैले सबै जना हल्ला गर्न सुरू गरे र ढोका तिर सानो सानो ढुंगा फाल्न थाले।तपाइ रिसाउदै बाहिर अउनु भयो र भन्न्भयो कि तिमीहरू यस कामको लागि जोर दिदैछ र मलाय डर छ कि यो तिमीहरू माथि फरज़ नहोस्। यसैले तिमीहरू यो नमाज़ अफ्नो घरमा पढ्ने गर किनकि मान्छेको सबै भन्दा राम्रो नमाज़ त्यो हो जुरन घरमा पढिन्छ बाहेक फरज़ जमाअत संग।

(सहीह बुख़ारी, पृष्ठ८, किताब, ८३, नम्बर१३)

के शिया इमामहरूले कहिले तरावीह पढेका थिए?

हज़रत इमाम मुहम्मद बाकीर (अ.स) र हज़रत इमाम जाफर सादीक (अ.स) बाट पाएका छ कि के नवाफील नमाज़ जमाअतसंग रमजानको महिनामा पढ्न सकिन्छ? दुवै हजरातले जवाफमा रसुल ख़ुदाको हदीस भन्नुभयोः निस्सन्देह नवाफील नमाज़ रातीमा जमाअतसंग पढ्नु बीदअत हो।ए मानिसहरू, म रमजानको नवाफील नमाज़हरू जमाअतसंग पढ्दिन। निस्सन्देह यसता सानो पूजा त्यसता ठूला पूजाहरू भन्दा धेरैनै राम्रो छ जुन बीदअत हो। (सुन्नतको खिलाफ)

(हुर अमुली, वसायुल शिए, पृष्ठ८, पेज ४५)

अइम्मह एहलेबैत को तरावीहको स्वामित्व यति सामान्य थियो कि एहले सुन्नतका प्रसिद्ध विद्वानले पनि यसलाइ स्वीकार गरे। अल रसुलको अनुसार तरावीह बीदअत हो।

अशशुकानी, नैलिल अउतार, पृष्ठ३, पेज ५०)

सुन्नी विद्वानहरू घरमा तरावीह पढ्नको लागि के भन्छन्?

विद्वानहरू यसमाथि एकमत छन् कि यो एक राम्रो काम हो तर तिनीहरूको नजर यस माथि फरक छ कि तरावीह घरमा एक्लै पढ्न सकिन्रछ कि मस्जिदमा जमाअतसंग। अननवी (जसले सहीह मुस्लिमको शरह लेखेका छन्) ले यसता विद्वादहरूको नाम उल्लेख गरेका छन् जुन दोस्रो नजरमा सन्तुष्टि राख्छन्। फेरी लेख्नुहुन्छ कि  मालिक अबु युसुफ र केहि शाफइ विद्वानहरूले भन्छन् कि तरावीह घरमा एक्लै पढ्दा राम्रो हुन्छ।

(अननवी, शरह सहीह मुस्लिम, पृष्ठ २, पेज २८६)

शब्दको परिणामः

शिया हज़रात रातीको नमाज़ जसलाइ तहजजुद वा कियामुल लैल भनिन्छ, त्यसलाइ पूरा वर्षको रातीको अन्त्यमा पढिन्छ, विशेष गरि रमजानको महिनामा। यस तहजजुद नमाज़को बाहेक नवाफील नमाज़हरू पनि पढिन्छ तर घरमा यदि मस्जिदमा पनि पढ्यो भने जमाअत संग पढिदैन। यसरी गरेर सही ढंगले क़ुरान र सुन्नत को पालना गर्छ

सही धर्मको बारेमा जान्नको लागि हेर्नुहोसः

http://www.al-islam.org/faq

 

जाबीर बीन समरहबाट रीवायत छ किः मैले रसुल ख़ुदा (स.अ) बाट सुनेको छुः मेरो पछि १२ अमीर रहनेछ। त्यसपछि रसुले ख़ुदाले (स.अ) एउटा वाक्य भन्नुभयो जसलाइ मैले सुनेन। मेरो बुबाले भन्नुभयो कि रसुले ख़ुदाले भन्नुभयोः त्यो सबै कुरैशबाट हुनेछन्।

(सहीह बुख़ारी, अंग्रेजी, हदीस ३२९,९, किताब अलएहकाम)

(सहीह बुख़ारी, अरबी, हदीस१६५,४, किताब अलइहकाम)

रसुले ख़ुदा (स.अ) ले भन्नुभयोः दीन इस्लाम सात कियामत सम्म बाकी रहनेछ, तिमीसंग त्यो १२ खोलफा रहनेछन् जुन सबै कुरैशी रहनेछन्।

(सहीह मुस्लिम, अरबी, किताबुल अमारह, तबअ सउदी अरब १९८०, पृष्ठ३, पेज१४५३, हदीस नम्बर १०)

4.रसुले ख़ुदाको यो १२ जानशीन को को हुन्?

भनिएको विशेषता राख्ने खोलफाहरूलाइ गनियो भने धेरै हुन्छन्। इब्ने कसीर, अलबीदायह वननीहायह, २४९,६, सुयुती, तारीख़ खोलफा, पेज११)

इब्ने कसीरः

जसले सहमति गर्छन्र कि भनिएको हदीसमा १२ खोलफा यही खोलफाहरू हुन् जुन वलीद इब्ने यज़ीद इब्ने अब्दुल मलिक फासीक सम्म पुग्छ जुन हाम्रो हदीसमा यसता व्यक्तीहरूलाइ अस्वीकार गरिएको छ। यदि हामीले इब्ने जैबर को खीलाफत अब्दुल मालीक भन्दा पहिले मान्यो भने कुल संख्या प्रशंसनीय हुन्छ। जब कि यो संख्या उमर इब्ने अब्दुल अज़ीज़ भन्दा पहिले नै १२ हुनु पर्थ्यो। यस विधि अनुसार उमर इब्ने अब्दुल अज़ीज़ को ठाँउमा यज़ीद इब्ने मुअवीयह हुनुपर्छ। तर सबै विद्वानहरू यसमा सहमत छन् कि उमर इब्ने अब्दुल अज़ीज़ सही र निष्पक्ष खलीफा हुन्। इब्ने कसीर, अलबेदायत वलनेहायह, २४९-२५०,६

सुन्नी उलमाले के भन्छन्?

इब्ने अलअरबीः

हामीहरूले रसुले ख़ुदा (स.अ) पछि १२ पुरूषहरूलाइ संख्यामा पाएका छँ जुन यस प्रकार छन् –

अबु बकर, उमर, उसमान, अली, हसन, मुअवीयह, यज़ीद, मुअवीयह इब्ने मरवान बीन मुहम्मद बीन मरवान अससुफाह....यस पछि बनी अब्बास का खोलफाहरू थिए।

यदि हामीले यस मध्ये १२ लाइ हेर्य भने, सुलैमान सम्म मात्र पुग्न सकिन्छ। यदि हामीले यस हदीसको लोगवी अर्थ हेर्य भने केवल ४ खोलफा राशदीन र अब्दुल अज़ीज़ छन्। मैले यस हदीसको मतलब बुझ्न सकिन।

(इब्ने अलअरबी, शरह सुनन तीरमीज़ी, ६८-६९,९)

काज़ी अयाज़ अलयहसुबीः

खोलफाको संख्या यो भन्दा बढी छ। यिनीहरूको संख्यालाइ १२ सम्म सीमित गर्नु गलत हो। रसुले ख़ुदाले (स.अ) यस्तो भनेका छैनन् कि तिनीहरूको संख्या १२ सम्म सीमित रहन्छ र त्यस भन्दा अगाडि बढ्दैन

अलजवीनीले यो पनि रिवायत गरेको छ कि रसुले ख़ुदा (स.अ) ले भन्नुभयोः म, अली, हसन र हुसैन को सन्तानबाट ९ इमाम ताहिर र मासुम हुन्छन्।

अलजवीनीले, फराएद अलमिस्तीन, मुनसतील महमुदी, तबअ बैरूत१९७८, पेज१६०

इसलामका सबै समूहका सोचहरू मध्ये केवल शिया इमामी इसना अशरी तिनीहरूलाइ रसुले ख़ुदाको जानशिन मान्दछन् र इसलामको बारेमा उनीहरूदारा बुझ्छन्।

इब्नेल जौज़ीः

बनी उमैया को पहिलो खलीफा यज़ीद इब्ने मुअवीयह र अन्तिम मरवान अलहेमार हो। उनको कुल संख्या १३ छ। उसमान, मुअवीयह र इब्ने जुबैरलाइ शामिल गरिएको छैन किनभने रसुले ख़ुदा (स.अ)को सहाबा मध्ये हुन्। यदि हामीले मरवान इब्ने हकम लाइ सहाबीको विवादमा शामिल गरेनँ भने अथवा उ अब्दुल्लाह जुबैरको समर्थनमा रह्रको भए, १२ को संख्या लिन सकिन्छ। जब खीलाफत बनी उमैयाह सुरू भयो धेरै भ्रष्टचार पनि भयो, जब सम्म जब बनी अब्बासले अफूलाइ स्थिर गरे। यसै गरि स्तिथि परिवर्तन भयो। अलजज़ी, कशफुल मुशकिल जस्तै इब्ने हेज्र अलअसकलानी, फत्हुल बारी, ३४०-१६ मा सब्तुल जज़ी बाट नकल गरिएको छ।

अननवीः

सम्भावित रूपमा अइम्माह को मतलब त्यो हुन् जुन इस्लामको महान महिमा मा थिए। जब इस्लाम एक हादी धर्म भयो। यी खोलफाहरूले इस्लाम धर्मलाइ शीर्ष सम्म पुग्याउँछ र सबै मुसलमानहरूलाइ एक ठाउँमा गर्छन्।

अननवी, शरह सहीह मुस्लिम, २०२-२०३, १२

के तपाइ संकाको सिकार हुनुहुन्छ?

हामीलाइ यो स्पष्ट गर्नको लागि कि यो १२ जानशिन, खलीफा, अमीर र इमाम वास्तवमा को हुन्, एटा अर्को सुन्नी विद्रवानको अवश्यकता छ। प्रसिद्ध विद्रवान अज जहबी तजकेरतु हुफ्फाज पृष्ठ४, पेज २९८, र इब्ने हेज्र असकीलानी, दरालकामनह, पृष्ठ१,पेज ६७ मा लेख्नुहुन्छ सदरूददीन इब्राहीम बीन मुहम्मद बीन हमवीयह अलजवीनी अशशाफइ हदीसको एक ठूला विद्रवान हुन्। उनीले अलजवीनी अब्दुल्लानह बीन अब्बास बाट रिवायत गरेका छन् कि रसुल ख़ुदाले (स.अ) ले भन्नुभयोः म अन्बीया मुरसलीनको प्रमुख हु, र अली जानशीनको प्रमुख हो, र म पछि १२ जानशीन हुन्छन्। यी मध्ये पहिलो अली (अ.स) र अन्तिम अलकाएमुल मेहदी (अ.ज) हुन्।

अलजवीनी इब्ने अब्बासबाट यो पनि रिवायत गर्छन् कि रसुले ख़ुदा (स.अ) ले भन्नुभयोः निस्सन्देह म पछि मेरो खोलफा र नाएबीन र परमेश्वरको प्राणीहरू माथि १२ हुज्जत छन्। रसुले ख़ुदाबाट सोध्योः ए र रसुल (स.अ) तपाइको भाइ को हुन्? तपाइले भन्नुभयोः अली इब्ने अबी तालिब। फेरी सोध्योः तपाइको छोरा को हुन्? रसुल (स.अ) ले भन्नुभयोः मेहदी जसले यस धर्तीलाइ न्यायले भरदिन्छ र त्यसको कसम जसले मलाइ खबर र खुशीको खबर पुग्याउने बनाएको छ, यदि पृथ्वीको एक दिन पनि बाकी रहनेछ भने परमेश्वरले त्यो दिनलाइए लामो गरिनेछ यहाँ सम्म कि उसले मेरो छोरा मेहदीलाइ पठाइदिन्छ। परमेश्वरले फेरी इसब्ने मरयम लाइ पनि पठाउँछ र उनी मेहदीको पछाडि नमाज़ पढ्नु हुन्छ।धर्ती अफ्नो परमेश्वरको उज्यालोले उज्ज्वल हुन्छ र उसको राजतन्त्र पूर्व देखि पश्चिम सम्म फैलिन्छ।

सही धर्मको बारेमा जान्नको लागि हेर्नुहोसः

http://www.al-islam.org/faq

 

निस्सन्देह, परमेश्वरल यही चाहन्छ की एहलेबैतलाइ सबै गन्दबाट टाँढा राखोस् जसको अधिकार राख्छन्।

(अयत ततहीर, ३३.३३)

रसुल (स.अ) बाट तपाइको सहाबाले सोध्योः तपाइ माथि दुरूद कसरी पठाउँ? तपाइले (स.अ) भन्नुभयोः यसो भनः ए परमेश्वर मुहम्मद (स.अ) र उसको सन्तान माथि दुरूद पठाउ जसरी तिमीले इब्राहिम र उसको सन्तान माथि दुरूद पठायो, निस्सन्देह तपाइ महानताको योग्य हुनुहुन्छ।

(सहीह बुख़ारी, पृष्ठ४, बाब५५, नम्बर५८९)

अल रसुलको अज्ञाकारिता किन गर?

एहले तशइयोको यो विश्वास छ कि रसुल (स.अ) को इतरत क़ुरान र एहले बैत सन्तानको रेसालतको चुनिएका सदस्यहरू हुन्। सुन्नत रसुलको (स.अ) को मान्य स्रोत एहले बैत नै हुन्। एक साँचो मुसलमान हीदषयत पाउने इच्छा तब राख्न सक्छ जब यी दुवै बाट प्रावधान प्राप्त गर्छ।

एहलेबैतमा को को शामिल हुन्छन्?

सन्तान रेसालतलाइ एहलैबैतको इतरत र अल को रूपमा मानिन्छ। र जसमा तपाइको (स.अ) छोरी फातमाह, उनको बुढा अली, र उनका छोराहरू इमाम हसन र इमाम हुसैन (अ.स) शामिल हुन्छन्। खान्दान रेसालतको यही पाँच स्रतम्भहरू छन्, जसको हेड रसुल (स,अ) थिए जब सम्म जीवित थिए र उनको माथि उनीहरूको गुण नाजिल हुन्थ्यो। इमाम हुसैन (अ.स) को सन्तानबाट पनि यो ९ अइम्माह चुनिएका छन् जसको अन्तिम इमाम मेहदी (अ.ज) हुन्।

हज़रत मुहम्मद (स.अ) को विरासत

म मृत्युको अवाजमा लब्बैक भन्छु। म मेरो पछाडि दुइ बहूमूल्य चीज छोडेर जान्छुः परमेश्वरको किताब र एहले बैत। निस्सन्देह यो दुइ कहिल्यै पनि छुट्टिदैनन् र हजको किनारामा एकअर्कासंग मिल्छन्।

रसुल (स.अ) को यो वृत्तचित्र हदीस ३० लाइ धेरै सहाबाहरूले भनेका छन् र सुन्नी विद्वानहरूले पनि यस हदीसलाइ भनेका छन्।यस हदीसका प्रसिद्ध रावीहरू यी हुन्-

(अलहाकिम निशापुरी, अलमुस्तदरक अलस सहीहैन (बैरूत), पृष्ठ३, पेजहरू १०९,११०,१४८,५३३)

उहाँले यस रिवायतलाइ बुख़ारी र मुस्लिम दारा सही भनिएका छन्-

मुस्लिम, अस्सहीह, अंग्रेजी तरजुमा, बाब०३१, हदीस नम्बर ३.५९२०

तीरमीजी, अस्सहीह, पृष्ठ५, पेज२.६२१, हदीस नम्बर१३७८६,३७८८, पृष्ठ२,पेज२१९

निसाइ, खसाएस अली इब्ने तालिब, हदीस नम्बर७९

अहमद बीन हम्बल, अलमुस्नद, पृष्ठ३, पेज १४,१७,२६, पृष्ठ३, पेज२६, ५९, पृष्ठ४, पेज३७१, पृष्ठ५, पेज२,१८१,१८९,१९०

इब्नेल असीर, जामिअल उसुल, पृष्ठ१, पेज२७७

इब्ने कसीर, बेदायह वलनेहायह, पृष्ठ५, पेज२०९

उनले जहबीको हदीसलाइ सही भन्छन् –

इब्ने कसीर, तफसीरूल कुरानील अजीम, पृष्ठ६, पेज१९९

नासीरूददीन अलबानी, सीलसीलह इल्ला हादीस अस्सहीह कुवैत अद्दार सलफीयह, पृष्ठ ४, पेज८.३५५, उहाँले धेरै रावीहरूको सीलसीलह लाइ लेखेकाछन् र सबैलाइ सही मान्दछन्।

 

के रसुल (स.अ)ले यस्तो भन्नुभएको थिएन कि म मेरो पछि परमेश्वरको किताब र अफ्नो सुन्नत छोडेर जान्छु?

यो एक सामान्य गलत अर्थ हो। वास्तवमा यो रसुल (स.अ) को अन्तिम खुदबामा भनिएको कुराको महत्व छैन र सेहाह सित्तामा पनि यो कुराको वर्णन गरिएको छैन्। मालिकको मुता इब्ने हेशाम को सीरत रसुलल्लाह को सीरत र तारीख तबरी मा पनि यसतो रिवायतको इस्नाद पूरा छैन्। केही अरू रिवायतहरू जसका इस्नाद पूरा छन् संख्यामा धेरै कम छन्। त्यो सबैको रावी एहले सुन्नतको नजरमा अत्यन्त मान्य राख्दैन।

याद राख्नु कि यसतो भनिएको छैन कि रसुल ख़ुदाको सुन्नतको पालना नगर। जस्तै कि पहिले भनिएको थियो रसुल (स.अ) चाहन्थे कि मुसलमानहरू एहले बैतको अज्ञाको पालना गर

जब यो अयत नाजिल भयो किः ए मुहम्मद (स.अ) भनि देउ म तिमीबाट परमेश्वरको सन्देश पुर्याउने कामको लागि केही लाभ माग्दिन तर कुरबा प्रति प्रेम चाहन्छु। (अयत२३, सुरह शुरा) तब मुसलमानहरूले रसुल (स.अ) संग सोध्नु भयोः तपाइको यो कुरबा को हुन् जसको प्रेम हामी माथि फरज भएको छ? रसुल (स.अ) ले जवाफ दिनुभयोः अली, फातमा र उनका दुइवटा छोराहरू।

अलहाकीम निशाबुरी, मुसतदरक अला सहीहैन, पृष्ठ२, पेज४४४

अलकिसतलानी, इरशाद सारी शरह सहीह बुख़ारी, पृष्ठ७, पेज३३१

अलसीयुटी, दर्रुल मनसुर, पृष्ठ६, पेज६.७

अलअलुसी बगदादी, रूहुल मअनी, पृष्ठ२५, पेज२-३१

एहलेबैतको गुणको प्रधिकरण र त्यसको स्वीकृति क़ुरानको माध्यमबाट थाँहा पाउछ जब नजरान को इसाइहरूसंग भेदभाव भएको थियो। जब यो अयत नाजिल भएको थियो-तिमीसंग ज्ञान अए पछि पनि यदि यीनीहरू तिमी संग झगडा गर्छन् भने यस्तो भनि देउः हामी अफ्नो छोराहरूलाइ बोलाउछु र तिमीहरू अफ्नो छोराहरूलाइ बोलाउ, हामी अफ्नो छोरीहरूलाइ बोलाउछु र तिमीहरू अफ्नो छोरीहरूलाइ बोलाउ, हामी अफ्नो नफसहरूलाइ बोलाउछु र तिमी अफ्नो नफसहरूलाइ बोलाउ, फेरी हामी दुवै समूह परमेश्वरबाट प्रार्थना गर्छ कि जुन पनि असत्य छ उसको माथि परमेश्वरको लानत होस्। (अयत६१, सुरह अल इम्ररान)। रसुल (स.अ)ले अली, फातमाह, हसन र हुसैन (अ.स) लाइ बोलाउनु भयो र भन्नुभयोः ए परमेश्वर,यो मेरा सन्तान (अल) हुन्।

मुस्लिम अस्सहीह, अंग्रेजी तरजुमा, बाब०३१, हदीस नम्बर५९१५

अलहाकीम नीशाबुरी, मुसतदरक अलस सहीहैन, पृष्ठ३, पेज१५०

उनले भन्नुहुन्रछ कि यो बुख़ारी र मुस्लिमको अधारमा सहीह छ।

इब्ने हेज्र असकलानी, फत्हुल बारी शरह सहीह बुख़ारी, पृष्ठ७, पेज६०

तीरमीजी अससहीह, किताब अलमुनाकिब, पृष्ठ५, पेज५९६

अहमद बीन हन्बल, अलमुसनद, पृष्ठ१, पेज१८५

सीयुटी, तारीख अलखब्लफा अरराशेदीन (लनदन १९९५) पेज१७६

के एहलेबैतको अदर काफी छैन?

के क़ुरानको अदर गर्नु मात्र काफी छ?निस्सन्देह, मुसलमानहरूको लागि अर्को कुनै बाटो छैन यो बाहेक कु अफ्नो जीवनमा हिदायत पाउनको लागि यीनीहरूको कुरा माथि पालना गर्नुपर्छ। हज़रत मुहम्मद (स.अ) ले विरासतमा दुइ चिज छोङेर जानु भएको छन् र यो प्रतिज्ञा गरेर जानुभउछ कि यो दुइ चिज अखरतको दिन एक अर्का बाट छुट्टीदैनन्। क़ुरानलाइ एहलेबैतसंग जोडेर रसुल (स.अ)ले हामीलाइ यो बताएका छन् कि यिनीहरूको अदर गर्नु मात्रै काफी छैन तर यिनीहरूको माध्यमबाट इस्लामी नजर, कार्य, हदीस र तफ़सीरहरूको बारेमा पनि थाँहा गर्नुपर्छ।

"मेरो एहलेबैत नुहको डुगां जस्तै छन् जो पनि यस माथि चड्छ त्यो बाँच्छ र जसले यो देखि मुख फेर्छ त्यो डुब्छ।"

अलहाकीम निशाबुरी, मसतदरक अलस सहीहैन, पृष्ठ३, पेज१५१, र पृष्ठ२, पेज३४३, उनको भनाइ छ कि मुस्लिमको अनुसार यो हदीस सही छ।

सुयुटी, दर्रुल मनसुर, पेष्ठ१, पेज७१-७२

इब्ने हेज्र अलमकी, सवाएक अलमोहर्रकह, पेज १४०

हज़रत रसुल अकरम (स.अ) ले भन्नुभयोः म, अली, हसन र हुसैन र हुसैनको सन्तानबाट हुनै ९ इमामहरू मासुम हुन्छन्।

अलजवीनी, लराएदुल मिस्तीन, बैरूत१९७८, पेज१६०, याद राख्नुहोस्र विद्वान अलजवीनी को अजमत अज जहबीको तजकेरह हुफ्फाज पृष्ठ ४ पेज२९८ र इब्ने हेज्र असकलानीले दुर्रलकाम्रनह पृष्ठ १ पेज ६७ मा वर्णन गरेका छन्।

म अन्बीयाकको सरदार हुँ र अली इब्ने अबी तालिब मेरो जानशीनको सरदार हुन् र मेरो पछि १२ जानशीन हुन्छन् र त्यसमा पहिलो अली इब्ने अबी तालिब र अन्तिममा मेहदी हुन्।

अलजवीनी, फराएदुल मीसतीन, पेज१६०

मेहदी हामी एहलेबैत मध्ये एक हो र मेहदी मृरो सन्तानबाट हुन्छ, फातमाहको सन्तानबाट हुन्छ।

इब्ने माजे, अस सुनन, पृष्ठ२, पेज५१९, हदीस६, अबु दाउद अस सुनन, पृष्ठ२ पेज २०७

रसुलको बूढीहरूको बारेमा कस्तो अएको छ?

अयत ततहीर,, परमेश्वर यहीँ चाहनु हुन्छ कि सबै प्रकारको अपवित्रताबाट एहले बैतलाइ टाँढा गरून् र तपाइलाइ यसतो पवित्र राख्न चाहनुहुन्छ जसको अधिकार राख्नुहुन्छ। रसुल माथि उनको पत्नी उम्मे सलमा (रजीयल्लाह अन्हा) को कोठामा यो नाजिल भएको थियो। रसुलले हसन, हुसैन, अली र फातमालाइ बोलाउनु भयो। तिनीहरूलाइ एक ठाँउमा जम्मा गर्नु भयो र उनीहरू माथि चादर उढाउनु भयो, र तपाइले भन्नुभयोः ए परमेश्वर यो मेरा एहले बैत हुन् त्यसैले एहले बैतबाट सबै अपवित्रता टाँढा राख्नुहोस् र यिनीहरूलाइ पवित्रता दिनुहोस्। उम्मे सलमा (रजीयल्लाह अन्हा)ले भन्नुभयोः ए रसुलल्लाह के म पनि यसमा शामिल हुन्छु? रसुल (स.अ)ले भन्नुभयोः तिमी अफ्नो स्थानमा छ र त्यो तिम्रो लागि उच्च छ।

तीरमीजी, अस सहीह, पृष्ठ५, पेज१३५१ र ६६३

अलहाकिम नीशाबुरी, मुसतदरक अलस सहीहैन, पृष्ठ२, पेज४१६

उहाँले भन्नुहुन्छ कि यो बुख़ारी अनुसार सही छ।

सुयुटी, दुर्रुल मनसुर, पृष्ठ५, पेज१६७

अयत नम्बरको सुरू र अन्तिममा रसुलको बूढीहरूको बारेमा व्याख्या गरीएको छ, जुन महिला सर्वनामबाट देखिन्छ। यस अयतमा पनि महिला सर्वनामबाट पुरूष सर्वनाममा फेरिन्छ।यस बाट साबीत हुन्छ कि यसमा विभिन्न सर्वनामको प्रयोग गरिएको छ।

 तल भनिएको साइटमा एहले बैत र इस्लामको बारेमा थप जानकारी पाउनुहोस्-

http://www.al-islam.org/faq

 

 

खान्दान रेसालतको बारेमा यस्तो विशेष के छ?

ए, त्यो मानिसहरू जसले इमान ल्याएका छन् यदि कुनै झुटो व्यक्तिले तिम्त्र लागि खबर ल्याइयो भने त्यसको बारेमा छानबीन गर यसतो नहोस् कि अफनो मूर्खतामा कसैको नुक्सान गरिदेउ र पछि कृतज्ञता गर। (क़ुरान ६,४९)

 

के सबै सहाबाहरू अदिल र साँचो थिए?

शिया सबै सहाबाहरूलाइ मान्छन् जुन रसुलल्लाह को ज्ञान माथि तपाइको जिवीत अवस्थामा र मृत्यु पछि पनि अटल छन्। यसको उल्ट१ एहले सुन्नतको नजरमा जसले रसुललाइ एकछिनको लागि पनि हेरेका छन् भने त्यसलाइ सहाबी भन्छन् र यसलाइ क़ुरान र तारिखबाट साबीत गर्न सकिदैन र यो नजर दुवै समूहको बीच फरक गर्छ।

सहाबाको परिभाषाः

प्रसिद्ध सुन्नी विद्वान इब्ने हेज्र असकलानीले सहाबाको परिभाषा यसरी दिएका छन् कि त्यो व्यक्ति हो जसले इस्लामलाइ स्वीकारे पछि रसुल (स.अ) संग भेट गरियो र मृत्यु सम्म इस्लामको धर्ममा रहियो। इब्ने हेज्रले भनिएको शर्तलाइ पुरा गर्ने व्यक्तिलाइ पनि सहाबा भनेका छन्। ती सबै व्यक्ति जसले पैग़म्बर (स.अ) संग भेट गरे सानो या ठूलो समयको लागि त्यो सबै सहाबा हुन्। जसले रसुलबाट रिवायत गरेका छन् अथवा गरेका छैनन्, जसले रसुलको साथ युद्धमा लडे अथवा लड्रनन्,जसले रसुलको एक झल्क मात्रै देखे तर उनको समारोहमा भाग लिएका थिएनन् र जसले अन्धो हुन को कारणले रसुललाइ देखेका छैनन्।

इब्ने हेज्र असकलानी, अलएसाबती फी तमीजीस सहाबा, पृष्ठ१, पेज१०

के सबै सहाबाहरू अदिल र साँचो थिए?

एहले सुन्नत यस विशय माथि एकमत छन् कि सबै सहाबाहरू अदिल र विश्वासीलु छन्, धेरै जसो सुन्नी विद्वानहरूले यस माथि टिप्पणी गरेका छन् जस मध्ये यी विद्वानहरू हुन्-

इब्ने हेज्र असकलानी, अलएसाबा फी तमीजीस सहाबह, मिस्र, पृष्ठ१, पेज१७-२२

इब्ने अबी हातीम अर राज़ी, अलजरह वततादील, हैदर अबाद, पृष्ठ१, पेज७-९

इब्ने असीर, असदुल गाबह फी मअरेफतुस सहाबा, पृष्ठ१, पेज२-३

तर यसतो विश्वासलाइ मान्न धेरै गाह्रो हुन्छ जस्तै यो दुर्घटनालाइ पढ्नुहोस्स्-

जोबैरले मलाइ भन्यो कि उनको असहाब बद्ररमा शामिल एक अनसारी संग रसुल (स.अ) को अगाडि एउटा चीशमालाइ लिएर झगडा पर्योजुन अबयारीको काम लाग्थ्यो। परमेश्वरको रसुलले भन्नुभयोः ए जुबैर, पहिले अफ्नो बगैँचामा पानी हाल अनि त्यसपछि अफ्नो छिमेकीको बगैँचामा पानी बग्न देउ। यसमाथि अनसारीलाइ रीस उठ्यो र भन्योः या रसुलल्लाह, के यो रोचाइ यस कारण हो कि जोबैर तपाइको काकाको छोरा हो? यो सुनेर रसुलको मुखको रंग उड्यो र तपाइले जोबैरलाइ भन्नुभयोः अफ्नो बगैँचामा पानी हाल र त्यसपछि पानीलाइ रोक देउ। यो भन्दा अगाडि रसुलले भनेको कुरा यसतो थियो कि दुवै जोबैर र अनसारी लाइ फाइदा हुन्थ्यो।तर जब अनसारीले रसुललाइ दुःख पुर्यायो तब उनले जोबैरलाइ हक दिनुभयो। जोबैरको यो भनाइ थियो कि यो अयत यही फैसला गर्नुको लागि नाजिल भएको थियो। परमेश्वरको कसम, त्यो मोमीन हुन सक्दैन यदि उसले अफ्नो झगडामा रसुलको हुक्म र अज्ञाको पालना गरेन भने र उसको फैसलाबाट कुनै पनि संकोच मनमा नराखी र त्यसलाइ पूरा तरिकाले मान्यो भने।

(क़ुरानः४.६५, सहीह बुख़ारी, अंग्रेजी तरजुमा, पृष्ठ३)

एहले सुन्नतको विश्वासको अनुसार यो सहाबीहरू धेरै मान्यता राख्छन् र यसै गरि सुन्नतका मुद्दाहरूमा पनि धैरै मान्यता राख्छन् जसको उदाहरण यो छ कि, यो सहाबीले नमात्र रसुलको फैसलालाइ मानेन तर उनलाइ दुःख पनि पुर्यायो जसको कारण क़ुरानको अयत नाजिल भयो। दुर्भाग्यले तारीख इस्लाम यसता व्यक्तीहरूले भरिएको छ जसमा एहले सुन्नतको सर्त अनुसार सहाबी भनिन्छ जब कि रसुलको युगमा अथवा उनको अगाडि र पछाडिको युगमा तिनीहरू गैर इस्लामी कामहरूमा समर्थक थिए।

अलवलीद बीन अकबेहः

के त्यो व्यक्ति जसमा इमान छ त्यस व्यक्ति जस्तै छ जुन झुटो हुन्छ? होइन, यो दुवै कहिले पनि एकसान हुन सक्दैन। (क़ुरान, १८.३२)

एहले सुन्नता मुफस्सीरहरूले भन्नुहुन्छ कि यो अयत नाजिल हुनुको कारण यो दुर्घटना हो र यसमा साहेब इमान अली इब्ने अबी तालीब हुनुहुन्छ र झुटो व्यक्ति एउटा सहाबा छ जसको नाम वलीद इब्ने अकबेह हो।

अलकुरतबी, तफ़सीर (मिस्र, १९४७), पृष्ठ१४, पेज१०५

तबरी, तफ़सीर जामेउल बयान

अलवाहिद, असबाबुल नुजुल, दारूद दियानफी तुरास एडीशन, पेज२९१

हाम्रो नजरबाट अहिले यो अयत गएको छ कि जसमा मोमीनहरूलाइ भनिएको छ कि कुनै पनि झुटो (फासी) व्यक्तिले खबर ल्यायो भने स्वीकार नगर। ए मानिसहरू जसले इमान ल्याएको छ, कुनै पनि फासीकले तिम्रो लागि खबर ल्यायो भने तयसको बारेमा खोजपुछ गर। यसतो नहोस् कि तिमी अफ्नो मूर्खतामा अरूलाइ कष्ठ देउ र पछि पश्चताप गर। (क़ुरान,६.४९)। रोचकको कुरा यो छ कि यही अयतको तफ़सीरमा वलीदको अर्को कथा व्याख्या गरिएको छ जसमा वलीदलाइ फासीक भनिएको छ।

इब्ने कसीर, तफ़सीर कुरानील अजीम, (बैरूत १९८७), पृष्ठ४, पेज २२४, अलकुरतबी तफ़सीर मीस्र १९४७, पृष्ठ १६, पेज ३११

सुयुटी वलमहल्ली, तफ़सीरूल जलालैन, मीस्र १९२४, पृष्ठ१, पेज१८५

अबु अमीनह बेलाल फलप्स, तफ़सीर सुरह हुजरात, पेज६२-६३

अबु अमीनह बेलाल फलप्सले भने जस्तै सावधानी जरूरी छ जब खबर दिने व्यक्ति शंकास्पद रहुन् अथवा जसको इमान स्पष्ट भएको छैन अथवा जसको पाप स्पष्ट छ तर त्यही पनि एहले सुन्नतको हदीसको किताबहरूमा वलीद इब्ने अकबेहबाट धेरै हदीस भनिएको देखिन्छ।

अबु दाउद सुनन (१९७३) किताब तरजुल, बाब फील खुलुकीर रेजाल, पृष्ठ४, पेज ४०४,श४१८१

अहमद इब्ने हन्बल, अफमुस्नद, अव्वल मस्नद मदनैन अजमइन, श १५७८४

वलीदको धोखा नबवीको युग पछि पनि जारी थियो। तेस्रो खलीफा हज़रत उसमानको जमानामा उसलाइ गुरनर बनाइ दियो र एकपटक उ नशाको हालतमा नमाज़को इमामत गर्दै बिहानको दुइ रकत नमाज़लाइ चार रकत पढाइ दियो। जसको कारणले हज़रत उसमानले उसलाइ सजा सुनायो। यो सबै अझैपनि धेरै किताबहरूमा लेखिएको पाइन्छ।

सहीह बुख़ारी, अंग्रेजी तरजुमा, पृष्ठ ५,क ५७,श४५, पृष्ठ५, क५८, श२१२

तबरसी, अंग्रेजी तरजुमा, पृष्ठ १५, पेज१२०

सुन्नी फोकहा यस फासीक सहाबा वलीदको उदाहरणलाइ दलीलको रूपमा प्रयोग गर्छन् र यसतो व्यक्तिको पछाडि नमाज़ जायज भन्छन् जुन खुल्लम खुल्ला पाप गर्छ।

अली अलफारी अलहरवी अलहफी, शरह फीक्हुल अकबर

राम्रो अथवा पापी व्यक्तीको पछाडि नमाज़ जायज छ।

इब्ने तैमीयह, मजमअ फतवाय, अरयाज, १३८१, पृष्ठ३, पेज२८१

तर बितेको चिजलाइ क्रयास गरेर के फाइदा?

हाम्रो वलीदको बारेमा यसतो भन्नुको कारण कसैको कुरा काट्नु होइन बल्कि यो हो कि मुसलमानहरूलाइ धेरै सावधानी को अवश्यकता छ कि अफ्नो धर्म र रसुलको सुन्नत को बारेमा खबर र ज्ञान पाउने तरिका हो। यसको फैसला यसरीनै गर्न सकिन्छ कि रसुलका असहाब को जीन्दगीको बारेमा राम्ररी जान्नु पर्छ किनकि उनको कार्यबाटनै उनको परिचय हुन्छ। यसको बारेमा रसुल (स.अ)ले पहिले नै हामीहरूलाइ भनि सकेका छन्-म तिमीहरू भन्दा पहिला होजमा पुग्छु र जो पनि मेरो नजिक बाट जान्छ उसलाइ कहिले पनि तिर्खा लाग्दैन। म कहाँ केही मानिसहरू अउँछन् जसलाइ म चिन्छु र उनीहरूले मलाइ चिन्छन् तर तिनीहरूलाइ मबाट टाँढा गरिदिनेछ। मैले बोलाउनेछु मेरो असहाब भनेर तर जवाफ अउँछ कि के तिमीलाइ थाहाँ छैन तिम्रो पछि यिनीहरूले के गरेका छन्? तब मैले भन्नेछु कि टाँढा गरिदेउ यिनीहरूलाइ जुन म पछि बद्ले।

(सहीह बुख़ारी, अंग्रेजी तरजुमा, पृष्ठ८, श५८५)

 

रसुलको असहाबको बारेमा शियाहरूको नजरः

सबै शियाहरू रसुलको भवदीय असहाबसंग प्रेम गर्छन् जसको क़ुरानमा प्रशंसा गरिएको छ र जसको अधिकार वलीद जस्तै सहाबाले राख्दैन। त्यसैले शियाहरू सबै सहाबीहरूलाइ एकसान मान्दैनन् र विश्वास गर्दैनन् बल्कि सबै सहाबीहरूको जीवनको बारेमा जाँच गर्छन् कि कहाँ सम्म रसुलको कुरा माथि पालना गरेका छन्। निश्चित रूपमा यसता धेरै सहाबाहरू छन् जसमा अम्मार, मेकदाद, सलमान, अबुजर, जाबीर र इब्ने अब्बास जस्ता अरू पनि सहाबाहरू शामिल छन्। अन्तिममा हामी चथो इमाम जैनुल अबेदन (अ.स) को प्रार्थना बाट केहि भागहरूलाइ व्याख्या गर्छ जसमा रसुलको असहाबको बारेमा भनेका छन्-

ए परमेश्वर, विशेष गरि मुहम्मद (स.अ) को असहाब मा केही यसता व्यक्तिहरू पनि थिए जसले पैग़म्बरको पूरा साथ दियो र उनको मदद गरे र उनी माथि इमान पनि ल्याए र जब पैग़म्बरले अफ्नो रेसालतको बारेमा भन्यो त्यतीबेला उनीहरूले लब्बैक भने, र उनको भनेको पालना गर्दै अफ्नो बूढी र छोरीलाइ छाडेर बुबा र छोरा युद्धको लागि पनि गए, र नबी अकरमको बरकतले सफलता पनि प्राप्रत गरे। यसतो अवस्थामा कि उनको प्रेम मुटुमा र शरीरको रगहरूमा थियो र उनको प्रेम मित्रतामा यसतो देखिन्थ्यो कि कहिले पनि क्षति हुदैन थियो। जब धर्ममा सक्रिय भए तब उनका साथीहरूले पनि उनका साथ छोडे।ए परमेश्वर, जब यिनीहरूले तपाइको बाटोमा अफ्नो सबैलाइ छोडि दिए र पुन्य दिनु बेला तपाइ यिनीहरूलाइ नबीर्सनुहोस् र तिनीहरूले गरेको त्याग र रसुलको साथ उभिरहे, यसको बदलामा उनीहरूलाइ अफ्नो अशिर्वादले खुसी पार्नुहोस्।

(सहीफहुल कामेलह, अंग्रेजी तरजुमा, लनदन १९८८, पेज २७)

सही धर्मको बारेमा जान्नको लागि हेर्नुहोसः

http://www.al-islam.org/faq

 

ए पैग़म्बर, जे पनि तिम्रो परमेश्वरबाट तिम्रो माथि नाजिल भएको छ, त्यसलाइ मानिसहरूलाइ भनी देउ, यदि तिमीले यसतो गरेन भने तिमीले रेसालतको काम पूरा गरेन र परमेश्वरले तिमिलाइ उनीहरूबाट सुरक्षित राख्नेछ।

(क़ुरान, सुरह५, अयत ६७)

6.के रसुलल्लाहले कसैलाइ उत्तरअधिकारी (जानशीन) बनाएका थिए?

शियाहरू यो विश्वास राख्छन् कि यो अयत जसमा यो घोषणा गरेको छ जसमा रसुल (स.अ) ले इमाम अली (अ.स) लाइ गदीर खुममा अफ्नो जानशीन बनाए र अफ्नो काम पूरा गरे।

गदीरको दिन के भएको थियो?

गदीर खुम मक्का बाट टाँढा, मदीना जाने बाटोमा एक ठाउँको नाम हो। हुज्जतुल वीदाबाट फर्किदा १८ जीलहिज्जह (१० मार्च) को दिन जब रसुल (स.अ) यस ठाउँबाट गइरहेका थिए तब यो अयत नाजील भयो। ए पैग़म्बर, जे पनि तिम्रो परमेश्वरबाट तिमी माथि नाजील हुन्छ त्यसलाइ पूरा तरिकाले मानिसहरू कहाँ पुर्याउ। तपाइ त्याहँ रूक्नु भयो र सबै हाजीहरूसंग भन्नुभयो जुन मक्कामा तपाइहरूसंग मक्कामा थिए र त्यस ठाउँबाट अफ्ना अफ्ना घर फर्कन्थे। तपाइले भने अनुसार रूखहरू बाट एउटा मेम्बर बनाइयो। जोहरको नमाज़ पछि रसृल मेम्बरमा बस्नुभयो र सबैलाइ संबोधित गरे। यस खुदबाको महत्वपूर्ण भाग यो थियो कि जब नबी अकरमले इमाम अली (अ.स) को हात समातेर सबैलाइ सोधेः के तपाइ सबै मोमिन को माथि नफ्सहरू भन्दा धेरै हक छैन? सबैले एकसाथ भन्योः हो यस्तै हो रसुलल्लाह, तपाइले फेरि घोषणा गर्नुभयोः जसको म मला हुँ अली पनि उसको मला हो। परमेश्वर त्यसलाइ मन पराउ जसले अलीलाइ मन पराउछ, र दुश्मन बनाउ त्यसलाइ जसले अलीलाइ दुश्मन बनाउछ।उनको खिताब सक्न बित्तीकै क़ुरानको यो अयत नाजिल भयोः अजको दिन तिमीहरूको लागि तिमीहरूको धर्मलाइ पूरा गरे र अफ्नो अशिर्वाद तिमीहरू माथि पूरा गरे र यस्लामलाइ धर्मको रूपमा तिमीहरूको लागि स्वीकार गरे। (कुरानः सुरह ५, अयत३)। त्यसपछि रसुल (स.अ) ले हरेकको हातलाइ अलीको हात माथि राखेर बैअत गर्नुको लागि भने। तिनीहरूमा उमर इब्ने खत्ताब पनि शामिल थिए जसले भन्नुभयोः मुबारक, ए इब्ने अबी तालिब अज देखि तपाइ सबै मोमिन र मोमीनाहहरूको मला हुनुभयो।

एक अरब मान्छेबाट गदीर खुमको बारेमा सुने पछि रसुलको नजिक अएर भन्योः तपाइले हामीहरूलाइ भन्नुभयो कि कोइ परमेश्वर छैन अल्लाहको बीना र तपाइ अल्लाहको रसुल हुनुहन्छ। हामीहरूले तपाइको अदेशलाइ माने। तपाइले हरेक दिन पाँच चोटी नमाज़ पढ्नलाइ भन्नुभयो हामीले तपाइले भनेको कुरा माने, तपाइले रमजानको महिनामा बर्त राख्नलाइ भन्नुभयो हामीले त्यो पनि माने। तपक्षयले हजको लागि मक्का जानुको लागि भन्नुभयो हामीले त्यो पनि स्वीकार गरे र अब तपाइ अफ्नो काकाको छोराको हात माथि गरेर हाम्रो मला हो भन्नुहुन्छ यो भनेर कि जसको म मला त्यसको अली मला यो नयाँ नियम तपाइको तर्फबाट हो कि परमेवरबाट? रसुल (स.अ) ले जवाफ दिनुभयोः त्यसको कसम जो सबैको परमेश्वर हो। यो परमेश्वरको तर्फबाट हो।  यो जवाफ सुनेर त्यो मान्छे फर्क्यो र अफ्नो उंटको तर्फ जादै भन्यो ए परमेश्वर, यदि मुहम्मदले भनेको कुरा साँचो हो भने मेरो माथि अकाशबाट ढुंगा फाल्नुहोस्। त्यो अफ्नो उंट कहाँ पुगेको थिएन कि अकाशबाट ढुंगा अयो र उसको टाउको माथि खस्दै जीउमा गएर उसको दुइ टुक्रा भयो र त्यो व्यक्ति त्यही मर्यो। त्यस बेला परमेश्वरले यो अयत नाजील गर्योः एक प्रश्न सोध्ने व्यक्तीले अजाबको बारेमा प्रश्न सोध्यो जुन अजाब नाजिल पनि भयो। यो अजाब मुन्कीर बीनको लागि थियो र कोहि पनि त्यसलाइ झुटत्र भन्न सक्दैनषयो जील मअरीज परमेश्वरको तर्फबाट थियो। (क़ुरान, सुरह ७०, अयत १-३)

_यो जील मअरीज परमेश्वरको तर्फबाट थियो।(कुरान,सुरह ७०,अयत १-३ागि थियो नाजील गर्योःएक प्रश्न सोध्ने व्यक्तीले अजाबको बारेमा प्रश्न    

के एहले सुन्नतका विद्वानहरू यस दुर्घटनालाइ मान्यता दिन्छन्?

एहले सुन्नतका जुन विश्वासीलु व्यक्तिहरूले यस दुर्घटनालाइ सानो र ठूलो रिवायतको रूपमा भनेका छन् तिनीहरूको संख्या अश्चर्यचकित गर्छ।पहिलो युग देखि चध युग सम्म सातं युग देखि बीस युगसम्म ११० खसहाबाहरू, ८४ ताबअन, र इस्लामका सयँ विद्वानहरू यस दुर्घटनाको रिवायत गरेका छन्। यो संख्या रावीयानहरूको मात्र हो जसका रिवायतहरू एहले सुन्नत कहाँ सुरक्षित छ।यी सबै मध्यो कुनैहरू लाइ तल बताइएको छ।यस मध्ये धेर् जस्ता विद्वानहरू नमात्र केबल रसुल (स.अ) को तारिखलाइ भनेका छन् बल्कि विश्वासीलु पनि छन्-

अलहाकीम निशाबुरी, मुस्तदरक अलस सहीहैन (बैरूत), पृष्ठ३, पेज १०९-११०,१३३,१४७,५३३ ले स्पष्ट रूपमा यस हदीसलाइ बुख़ारी र मुस्लिम को गुणस्तर सुहीह मानेका छन्। र अज जहबीले पनि यस्तै भनेका छन्।

अत तीरमीजी, सुनन(मिस्र), पृष्ठ५, पेज६३३

इब्ने माजेह, सुनन मिस्र, १९५२, पृष्ठ१, पेज४५

इब्ने हिज्र असकलानी फत्हुलबारी फी शरह सहीहील बुख़ारी (बैरूत१९८८), पृष्ठ७, पेज६१

अलएनी, उम्दतुलकारी शरह सहीहील बुख़ारी, पृष्ठ८, पेज५८३

इब्नेल असीर, जामेअल उसुल, २२७१, नम्बर६५

जलालुद दीन सुयुटी, अद दारूल मनसुर, पृष्ठ २, पेज२५९-२९८

फख्ररूद दीन राज़ी, तफ़सीर अलकबीर, (बैरूत१९८१) पृष्ठ११, पेज५३

इब्ने कसीर, तफसीरूल कुरानील अजीम, पृष्ठ२, पेज१४

अलराहीदि, असबाब नुजुल, पेज१६४

इब्नेल असीर, असदुल गाबह फी मअरेफतीस सहाबा (मिस्र), पृष्ठ३, पेज९२

इब्ने हेज्र असकलानी, तहजीबुत तहजीब, (हैदरहाबाद१३२५), पृष्ठ७, पेज३३९

इब्ने कसीर, अलबेदायह वलनेहायह, (मिस्र१९३२), पृष्ठ७, पेज३४०, पृष्ठ५, पेज२१३

अलतहावी, मुश्कीलुल असार, (हैदर अबाद,१९१५) पृष्ठ२, पेज३०८-३०९

नुरीद दीन अलहलबी  शाफइ, सीरतुल हलीबह, पृष्ठ३, पेज३३७

अलजुरकानी, शरहुल मवाहीब लदनीयह, पृष्ठ७, पेज१३

तर के मलाको शब्दको अर्थ साथी होइन्?

यो हुदाँ हुदै हरेक युगमा पनि एहले सुन्नतका विद्वानहरू धेरैको संख्यामा यस दुर्घटना र रसुलको तारिखी शब्दहरूलाइ भनेका छन्। तिनीहरूको लागि यस अवस्थालाइ मान्नु त्यो पनि रसुलको वेसाल पछि धेरै गाहो थियो। यस अवस्थालाइ व्याख्या गर्नु तिनीहरूको हातबाट बाहिर छ,तर यो कुरामा ध्यान दिनुपर्छ कि धेरै विद्वानहरूले यो भनेका छन् कि रसुलले इमाम अली (अ.स) को बारेमा भनेको कुरा मात्र मित्रता र उनको साथी हुन् देखाउन चाहेका थिए।

तर यो दुर्घटनाको धेरै पहलुहरू छन् र यसको महत्व मात्र मित्रता बताउने हैन बल्की यो भन्दा पनि धेरै महत्व कुरा बताइएको छ। धेरै जसो क़ुरानको अयात नाजिल हुनु, एउटा ठूलो भीडको जम्मा हुनु, नबीको जीवनको अन्तिम युग, सबै जम्मा भएका व्यक्तीहरूले पैग़म्बरको कुरा मान्नु, घोषणा गरे पछि सबैले इमाम अलीसंग बैअत गर्नु, उमर बीन खताबदारा मुबारक भन्नु, र यस्तै धेरै पहलुहरू छन् सबैलाइ यहाँ व्याख्या गर्न सकिदैन। यो सबैले यो थाँहा हुन्छ कि यो सबै जानशीनको बारेमा बताउने तरीका थियो। यो पनि थाँहा हुन्छ कि नबवीको युग पछि मला शब्दलाइ वीलायतको र हाकमीयतको शब्दमा भन्न थालियो। जसमा राजनीतिको अर्थ पनि शामील हुन्छ।

अन्तिम कुराः

यदि अहिले पनि यस तारीखी महत्वलाइ छाप्नको लागि हामीले कोशीश गरेका छ कि यदि अहिले पनि केहि प्रश्न छ भने अन्तिम कुराको रूपमा यो भन्छः गदीर खुमको धेरै समय पछि, जब इमाम अली (अ.स)ले अफ्नो खेलाफतको युगमा रसुलको सहाबी अनस इब्ने मालीकलाइ भन्नुभयोः तिमी किन उभेर यस कुराको साथ दिन्छ जुन तिमीले गदीरको दिन रसुल (स.अ) बाट सुनेका थिय। अनसले जवाफ दियोः ए अमीरल मोमीनीन, म बूढो भइसकेको छु र मलाइ याद छैन्। इमाम अली (अ.स) ले भन्नुभयो यदि तिमीले कुरा लुकाइ रहेका छ भने परमेशवरले तिम्रो अनुहारमा सेतो दाग बनाइदिन्छ, जुन तिम्रो टोपीले पनि नछेकिउस्। अनसको अनुहारमा त्याहँबाट उठ्नु पहिलानै सेतो दाग अयो।

इब्ने कतीबह दैनवरी, किताबुल मअरीफ (मिस्र५१३५३), पेज २५१

अहमद इब्ने हन्बल अलमस्नद, पृष्ठ१, पेज११९

अबु नअम अलइसफहानी, हीलीयतुल उलीयाह, (बैरूत१९८८), पृष्ठ५, पेज२७

नुरूददीन अलहलबी शाफइ, सीरतुल हलबीयह, पृष्ठ३, पेज३३६

अलमुत्तकी अलहीन्दी, कन्जुल अमाल (हलब८४-१९६९), पृष्ठ१३, पेज१३१

गदीर खुमको बारेमा अझै थप जान्नुहोस्-

http://www.al-islam.org/ghadir/

 

 

सबै जना मिलेर परमेश्वरको डोरीलाइ समात र छुट्टै छुट्टै नहोउ। (क़ुरान १०३.३)

शिया किन?

शिया क़ुरानमाः

शियाको मतलब प्रगति र कुनै समूहको सदस्य हो। क़ुरानमा परमेश्वरले अफ्नो राम्रो भक्तहरूको बारेमा भनेको छ जुन अर्को राम्रो भक्तका शिया थिए। र इब्राहीम नुहको शियाहरूबाट थियो। (क़ुरान ३७-८३)

र त्यो मुसा जब यसतो समयमा जब उसको सहरका मानिसहरूलाइ थाँहा थिएन जब सहरमा अषयो उसले हेर्यो कि दुइ व्यक्ति एकअर्कासंग लड्रदै थिए। त्यस मध्य एक उनको शिया थियो र अर्को उसको दुशमनबाट थियो। त्यस मध्ये जुन शिया थियो त्यसले मदद माग्यो। (क़ुरान, १५.२८)

त्यसैले शिया एक नाम हो जसलाइ परमेश्वरले अफ्नो पैग़म्बर र उनका भक्तहरूको लागि यस नामको प्रयोग क़ुरानमा गरेको छ। शिया हुनु केही गलत छैन यदि उ परमेश्वरको राम्रो भक्त रहोस्। तर यदी कोही जालीमको शिया भयो भने उसलाइ पनि पाप लाग्नेछ र जसको शिया हो उसलाइ पनि लाग्छ। क़ुरानमा अएको छ कि कयामतको दिन सबै समूहहरू भेला हुनेछन् र उनको इमाम उनको अगाडि हुनेछन् जसको शिया हुन्छन्।

याद गर त्यो दिन जब हरेक समूहलाइ त्यसको इमामको साथ बोलाउनेछु। (क़ुरान ४-४१,२८)

कयामातको दिन हरेक समूहको कामहरू उसको इमामसंग जोडिएको हुन्छ जसको तिनीहरू कुरा मान्छन्। परमेश्वरले क़ुरानमा दुइ थरीको इमामको बारेमा भनेका छन्-

र हामीले तिनीहरूको लागि यसतो इमाम बनायँ जुन नर्कको अगो तीर बोलाइनेछन् र उनीहरूको पछाडि लानत लगाइदिएका छ र कयामतकत्र दिन नराम्रो अवस्थामा हुनेछन्। (क़ुरान, ४-४१,२८)

अर्को तर्फ क़ुरानमा यसतो इमामहरूको बारेमा पनि भनीएको छ जसलाइ परमेशवरले इन्सानीयतको लागि बनाएका छन्-

र हामीले ती मध्ये इमामलाइ चुने जुन हाम्रो अदेशलाइ मानिसहरूको हिदायतको लागि प्रयोग गर्छन् र धीरज राख्यो र मेरो अयत माथि विश्वास पनि राखे। (क़ुरान, २४, ३२)

निस्सन्देह इमामका अदेशको पालना गर्नेहरूनै कयामतको दिन सफल हुनेछन्।

शिया हदीसमाः

इस्लामको तारीखमा शिया शब्द खासगरि इमाम अली (अ.स) लाइ मान्नेहरू र उनका साथीहरूको लागि प्रयोग हुन्छ। यो शब्द पछि बनेको छैन, यसलाइल सबै भन्दा पहिला पैग़म्बरले प्रयोग गरेका थिए। जब क़ुरानको यो अयत नाजील भयोः

त्यो व्यक्तिहरू जसले इमान ल्याए र तिनीहरूले राम्रो काम गरे, निस्सन्देह परमेश्वरका राम्रा भक्त हुन्। (क़ुरान, ७.९८)

रसुल (स.अ) ले इमाम अली (अ.स) लाइ भन्नुभयोः यो तिम्रो र तिम्रा शियाहरूको लागि हो र भन्नुभयोः कसम उसको जसको हातमा मेरो जीवन छ, कयामतको दिन अली (अ.स) र उसका शियाहरूले मुक्ती पाउने छन्।

जलालुद दीन सुयुती, तफ़सीर दारूल मनसुर, पृष्ठ६, पेज३७९

इब्ने जरीर तबरी, तफ़सीर जामेउल बयान, पृष्ठ ३३, पेज१४६

इब्ने असा कर, तारीख दमश्क, पृष्ठ२, पेज३३३-३७१

इब्ने हेज्र हैसमी, अलसवाएक अलमुहर्कह, मिस्र, बाब ११, हिस्सा १, पेज२४७,२४६

रसुलल्लाह (स.अ) ले भन्नु भयोः तिमी र तिम्रा शियाहरू कयामतको दिन परमेश्वरको अगाडि अउनेछन् र उनीहरू परपेश्वरबाट र परमेश्वर उनीहरूबाट सन्तुष्ट हुनेछन् र तिम्रा दुश्मनहरू रिसाएर अउनेछन्।

इब्ने असीर, नेहायह फी गरीबील हदीस (बैरूत,१३९९), पृष्ठ४, पेज१०२

तीब्रानी, अलमोजमील कबीर, पृष्ठ १, पेज३१९

अलहैसमी, मजमउज जवाएद, पृष्ठ९, नम्बर१४१६८

रसुल (स.अ)ले भन्नुभयोः ए अली (अ.स) खुसी होउ कि तिमी र तिम्रा शियाहरू स्वर्गमा जानेछन्।

अहमद इब्ने हन्बल, फजाएलुस सहाबे (बैरूत), पृष्ठ२, पेज६५५

अबु नइम अलइसफहानी, हिलीयतुल अउलीया, पृष्ठ४, पेज३२९

अलखतीब बगदादी, तारीख बगदादी, (बैरूत) पृष्ठ१२, पेज२८९

तीबरानी, मोजमुल कबीर, पृष्ठ१, पेज३१९

हैसमी, मजमउज जवाएद, पृष्ठ१०, पेज२१-२२

इब्ने असाकर, तारीख दमीश्क, पृष्ठ ४२, पेज३३१-३३२

इब्ने हेज्र हैसमी, अससवाएक अलमोहर्कह, बाब ११, पृष्ठ१, पेज२४७

तर पैग़म्बर समूहबन्दि शब्दको प्रयोग कसरी गर्न सक्नु हुन्छ?

के हज़रत इब्राहिम समूहबन्दिलाइ मन पराउथे? के हज़रत नुह र हज़रत मुसाको बारेमा यो भन्न सकिन्छ यदि शिया शब्द समूहबन्दिको लागि प्रयोग गरिने थियो भने परमेश्वरले कहिले पनि अफ्नो पैग़म्बरहरूको लागि यो शब्दको प्रयोग गर्दैनथे र हज़रत मोहम्मद मुसतफा शियाको व्याख्या गर्थे। यस माथि विशेष गरि ध्यान दिनुपर्छ कि पैग़म्बरको उद्रदेश्य मुसलमानहरूलाइ समूहमा बाट्न थिएन। तपाइले अफ्नो जीवनमा अफ्नो जानशीनको हेसीयतले मानीसहरूलाइ इमाम अलीको अदेश को पालना गर्न भन्यो र अफ्नो पछि अफ्नो खलीफा उनलाइ बनाउनुभयो। दुर्भाग्यले तपाइको पालना गर्नेकत्र संख्या धेरैनै कम छ र यो अलीको शियाको नामले बोलाइयो। यदि सबै मुसलमानहरूले रसुलको पालना गरेको भए अजको दिन मुसलमानहरूमा केहि समूहबन्दि हुदैन थियो। एउटा हदीसमा पैग़म्बरले भन्नुभयोः म पछि धेरै छिटो तिमीहरूमा घृणा हुनेछ। जब यसतो हुन्छ तब अलीलाइ खोज किन कि अलीले हकलाइ बातीलसंग छुट्याउछ।

(अली मुत्तकील हिन्दी, कन्जुल अमाल (मिलतान), पृष्ठ २, पेज६१२, नम्बर३२९६४

सुरूमा क़ुरानको जुन अयत भनियो त्यसको बारेमा एहले सुन्नतले एहलेबैतको छटँ इमाम, हज़रत जाफर सादिक अलैहिस्सलामबाट रिवायत गरेका छन्- हामी परमेश्वरको त्यो डोरी हुँ जसको लागि परमेश्वरले भन्नुभयोः सबै जना मिलेर परमेश्वरको डोरीलाइ राम्ररी समात र छुट्टै छुट्टै नहोउ। (क़ुरान, ३-१०३)

साअलबी, तफसीरूल कबीर, सुरह ३, अयत१०३, को तलको तफ़सीरमाः

इब्ने हेज्र हैसमी, सवाएकुल मुहर्कह, बाब ११, पृष्ठ१, पेज २३३

यदि परमेश्वरले समूहबन्दिको लागि मना गरेको छ भने त्यस समूहको लागि जुन परमेश्वरको डोरीबाट टाँढा भइसकेका छन्, र तिनीहरूको लागि होइन जसले यस डोरीलाइ राम्ररी समातेका छन्।

शिया शब्द क़ुरानमा परमेश्वरले र हदीसहरूमा इमाम अली (अ.स) को साथीहरूलाइ भनेका छन् र यी सबै स्वर्गमा जानेछन्।

सही धर्मको बारेमा जान्नको लागि हेर्नुहोसः

http://www.al-islam.org/faq